
काठमाडौं, १७ पुस । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको नीति राम्रो काम मात्रै गर्ने भएको बताएका छन् ।
नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिँदै प्रचण्डले राम्रो बाहेक नगर्ने अहिलेको सरकारको नीति रहेको बताएका हुन् । राम्रो काम गरेर जनताको विश्वास जित्न जरुरी भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले गर्न चाहे हुने रहेछ भन्ने आभाष जनतामा दिलाउन सकिने बताए ।
‘दु:ख, मेहनत, त्याग र तपस्या जेजे गरेर हुन्छ राम्रो गर्नु पर्दछ । आफूले गरेको राम्रो कामको प्रचार नगरेर पनि हामीले दु:ख पाएको हो । मध्यपहाडी लोकमार्गदेखि उत्तर–दक्षिण कोरिडोर म पहिलो पटक प्रधानमन्त्री भएपछि प्रस्तावित गरेका परियोजना हुन् । अहिले नेपाल त्यतै हिँडिरहेको छ । तर ती माओवादीले गरेका परियोजना भनेर स्थापित भने भएका छैनन्,’ उनले भने ।
अहिलेको परिवर्तनका लागि मुख्य भूमिका खेलेको र उज्यालो नेपाल जस्ता विकास कार्यक्रममा माओवादीकै नेतृत्व र पहलमा भए पनि त्यसको स्वामित्व लिनेमा समस्या भएको उनको भनाइ थियो ।
कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्ने प्रयास अगाडि बढिरहेको प्रचण्डको भनाई थियो ।















प्रतिक्रिया