३१ आश्विन २०८३, शनिबार

नेपाल टी-२० लिग: काठमाडौंले निकाल्यो तेस्रो जित, जनकपुर रोयल्स पराजित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ पुस । काठमाडौंमा जारी नेपाली टी-२० लिगमा काठमाडौं नाइट्सले तेस्रो जित निकालेको छ ।

आइबार बिहान भएको खेलमा जनकपुर रोयल्सलाई ९० रनले हराउँदै काठमाडौंले तेस्रो जित निकालेको हो । जनकपुर यसअघिको खेलमा पनि काठमाडौंसँगै पराजित भएको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको गरेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको थियो ।

काठमाडौंका लागि ओपनर सुनम गौतमले सर्वाधिक ६२ रनको अर्धशतकीय पारी खेले । र्‍यान बर्लले ६१ रनको अविजित पारी खेले । एलेक्स ब्लेकले १२ बलमा २० रन बनाए । जनकपुरका लागि जितेन्द्र मुखियाले ४ ओभर बलिङ गर्दै ३८ रन खर्चेर ३ विकेट लिए । सराफुदिन असरफ र त्रिभोन ग्रिफ्दले समान १–१ विकेट लिए ।

काठमाडौंले दिएको १८१ रनको लक्ष्य पछ्याएको जनकपुर १९।१ ओभरमा ९० रन बनाउँदै अल आउट भयो । जनकपुरका लागि सराफुदिन असरफले सर्वाधिक ३७ रन बनाए । सोमपाल कामीले २१ रन बनाए । काठमाडौंका लागि अभिनाश बोहोराले सर्वाधिक ४ विकेट लिए ।

अजमतुल्लाह ओमाजारईले २ विकेट लिए । कमल सिंह ऐरी, अनिल खरेल र वसिर अहमदले समान १–१ विकेट लिए ।