३१ आश्विन २०८३, शनिबार

विवाह बन्धनमा बाँधिदै अभिनेता सिद्वार्थ र अभिनेत्री कियारा

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ पुस । बलिउड अभिनेता सिद्वार्थ मल्होत्राले बिवाह गर्ने भएका छन् ।

सिद्वार्थले अभिनेत्री कियारा आडवाणीसँग विवाह गर्न लागेका हुन् । आगामी फेब्रुअरी ६ मा उनीहरुको राजस्थानमा विवाह हुने पक्का भएको हो ।

सिद्धार्थ र कियाराबीच पहिलो भेट वेब सीरिज ‘लस्ट स्टोरीज’ का र्‍यापहपको पार्टीमा भएको थियो । कियाराको वास्तविक नाम आलिया हो ।

सलमान खानले आलिया बलिउडमा पहिल्यै स्थापित नाम रहेकाले नयाँ नाम कियारा राखिदिएका थिए । ‘फुगली’बाट बलिउडमा डेब्यू गरेकी कियाराको चर्चा चलचित्र ‘कबिर सिंह’बाट चुलिएको हो ।