
काठमाडौं, १७ पुस । नेकपा (एकीकृत समाजवादी) को स्थायी समितिको बैठक आज पनि बस्दै छ ।
शनिबार पार्टी कार्यालय आलोकनगरमा बसेको बैठक आज पनि बस्न लागेको हो । शनिबारको बैठकमा १८ जना नेताले आफ्नो धारणा राखेका थिए ।
बैठकमा वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, आगामी दिनका लागि रणनीति तथा संगठन निर्माणका कार्ययोजना, वामपन्थी एकतासँग सम्बन्धित विषयमा विभिन्न कोणबाट छलफल गरिएको थियो ।
आज बस्ने बैठकले पार्टी सरकारमा जाने कि नजाने भन्ने बारेमा टुंगो लगाउने बताइएको छ ।












प्रतिक्रिया