
धादिङ, १६ पुस । धादिङको थाक्रे गाउँपालिका–२ हुलाकडाडाँमा आज हायस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।
काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको बा ३ ख ६१६४ नम्बरको हायस र विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ११८७ नम्बरको हायस एकआपसमा ठोक्किएर भएको दुर्घटनामा २२ जना घाइते भएको र सबै घाइतेको थाक्रे पोलिक्लिनिक र अन्य अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।
घाइतेमध्ये थाक्रे पोलिक्लिनिकमा सात, अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौँमा तीन, ट्रमा सेन्टर काठमाडौँमा आठ, मेडिसिटी अस्पतालमा दुई, शुभेक्षा अस्पतालमा दुई जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी श्यामबहादुर खत्रीले जानकारी दिए ।
बा ३ ख ६१६४ नम्बरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अर्का चालक भने फरार भएको प्रहरीले जानकारी दिएको छ । दोलखा जिरी निवासी ३५ वर्षीया मञ्जुमाया कार्कीको अवस्था गम्भीर भएकाले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
मध्यम किसिमका घाइते भएका पाँच जना छन् भने अन्य सबैको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।















प्रतिक्रिया