३१ आश्विन २०८३, शनिबार

विदेशी मुद्रा विनिमयसम्बन्धी अन्तरक्रिया सम्पन्न

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ पुस । गरिमा विकास बैंक लिमिटेड र विदेशी मुद्रा विनिमय संघ नेपालको संयुक्त आयोजनामा विदेशी मुद्रा विनिमयसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल राष्ट्र बैंकका विशिष्ट प्रतिनिधिहरु तथा विभिन्न विदेशी मुद्रा विनिमयका सञ्चालक तथा कर्मचारीहरु गरि ११० जना भन्दा बढीको उपस्थितिमा ठमेलमा रहेको होटेल मर्स्याङ्दीमा सम्पन्न उक्त कार्यक्रममा नेपालमा विदेशी मुद्रा विनिमय, एन्टी मनी लण्डरिङ (गो एएमएल), सम्पत्ति शुद्धीकरणलगायत समसामयिक विषयहरूमा बृहत् छलफल तथा प्रशिक्षण भएको हो ।

गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले पनि कार्यक्रमलाई सम्बोधन गर्दै देशको समग्र बैंकिङ प्रणालीमा विदेशी मुद्रा विनिमयको स्थितिको बारेमा धारणा व्यक्त गरेका थिए ।

हाल, गरिमा विकास बैंकले लाजिम्पाट, ठमेल, माछापुच्छ्रेलगायत विभिन्न शाखाहरुबाट विदेशी मुद्रा सटहीको सरल व्यवस्था गर्दै आइरहेको जनाएको छ ।