३१ आश्विन २०८३, शनिबार

आहा ! रारा गोल्डकप: धरानलाई हराउँदै एपीएफ सेमिफाइनलमा

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ पुस । साविक विजेता एपीएफ क्लब २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा शनिबार भएको पहिलो क्वाटरफाइनलमा धरान फुटबल क्लबलाई २-० गोल अन्तरले हराउँदै एपीएफ अन्तिम चारमा पुगेको हो ।

एपीएफलाई जित दिलाउन बिकु तामाङ र युवराज खड्काले एक एक गोल गरे । हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।

यस पटक साविक विजेता एपीएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, धरान फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, भुटनिज युथ स्पोर्ट्स क्लब युएसए, नेपाल पुलिस क्लब, संकटा क्लब र सहारा क्लब पोखराको सहभागिता रहेको छ ।