३१ आश्विन २०८३, शनिबार

भोलि पोखरामा सार्वजनिक बिदा, साँझ दीपावली गरिने

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १६ पुस । पोखरा महानगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उदघाटनलाई लक्षित गरी महानगरले भोलि सार्वजनिक विदा दिएको हो । महानगरले आज एक सूचना जारी गरी महानगरपालिका कार्यालय महाशाखा, शाखा ३३ वटै वडा कार्यालय तथा मातहतका सबै विद्यालय तथा शैक्षिक संघसंस्था बन्द हुने जनाएको छ ।

महानगरले निजी क्षेत्रलाई बिदा दिएर उत्सवमा सहभागी हुन आग्रह गर्दै साँझ घरघरमा दीपावली गर्नका लागि समेत आग्रह गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि विमानस्थल उदघाटन गर्ने कार्यक्रम छ ।