
काठमाडौं, १६ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच तनहुँको बन्दीपुरस्थित एक क्याफेमा रोमाञ्चक जम्काभेट भएको छ ।
स्थानीय उत्सव सापकोटाले सञ्चालन गरेको ‘रेडक्यासल क्याफे’मा दुई नेताबीच अकस्मात भेट भएको हो । आफूहरूको रमाइलो जम्काभेट भएकोबारे अध्यक्ष थापाले ट्विटरमार्फत जानकारी दिएका छन् ।

साथै उक्त भेट संयोगले भएको जानकारी दिदै थापाले भनेका छन्, ‘संयोगको भेट । बन्दीपुरस्थित उत्सव सापकोटाको ‘रेडक्यासल क्याफे’मा आज बिहान नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग रमाईलो जम्काभेट भयो ।’
रामचन्द्रको प्रसंशा गर्दै अध्यक्ष थापाले अगाडि लेखेका छन्, ‘इमान्दार र क्षमता भएर पनि रामचन्द्रजीले न पार्टीको नेतृत्व गर्न पाउनु भयो, न देशको । नियति ! मेरो शुभकामना ।’
संयोगको भेट।बन्दिपुर स्थित उत्सव सापकोटाको ‘रेडक्यासल क्याफे’मा आज बिहान नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलसँग रमाईलो जम्काभेट भयो।
ईमान्दार र क्षमता भएर पनि रामचन्द्रजीले न पार्टीको नेतृत्व गर्न पाउनु भयो, न देशको। नियति!
मेरो शुभकामना pic.twitter.com/vuFiTbC6Jl— Kamal Thapa (@KTnepal) December 31, 2022















प्रतिक्रिया