३१ आश्विन २०८३, शनिबार

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ पुस । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरू भएको छ ।

बालकुमारीमा रहेको पार्टी कार्यालयमा बैठक शुरु भएको हो । बैठकमा गएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको समीक्षा, सरकारमा सहभागिता, राजनीतिक समिति बैठकको एजेण्डालगायतको विषयमा छलफल हुनेछ । साथै मधेस प्रदेशमा संसदीय दलको नेताका लागि पनि छलफल गर्ने तयारी छ ।

संघीय सरकारलाई समर्थन गरे पनि पार्टी सरकारमा सहभागी भएको छैन । तर आजको बैठकमा सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ । पुस १८ र १९ गतेका लागि जसपा नेपालले राजनीतिक समितिको बैठक बोलाएको छ ।