
काठमाडौं, १६ पुस । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाइटेड छाडेर साउदी अरेबियाको क्लब अल नासरमा आबद्ध भएका छन् ।
History in the making. This is a signing that will not only inspire our club to achieve even greater success but inspire our league, our nation and future generations, boys and girls to be the best version of themselves. Welcome @Cristiano to your new home @AlNassrFC pic.twitter.com/oan7nu8NWC
— AlNassr FC (@AlNassrFC_EN) December 30, 2022
शुक्रबार रोनाल्डोले आधिकारिक रुपमा साउदीको नासरसँग जुन २०२५ सम्म खेल्ने सम्झौता गरेका हुन् ।
अल नासरमा आबद्ध भएपछि ३७ वर्षीय रोनाल्डोले आफु थप सफलता हाँसिल गर्न उत्साहित रहेको बताएका छन् । रोनाल्डोले भनेः म फरक लिग र फरक देशमा नयाँ अनुभवको लागि उत्साहित छु, अल नासरको दृष्टिकोण धेरै प्रेरणादायक छ।
अल नासर क्लबका अध्यक्ष मुसल्ली अल्मुअम्मरले रोनाल्डोलाई क्लबमा आबद्ध गराउँदा ठूलो सफलता हाँसिल गरेको बताएका छन् ।
नासरले घरेलु लिग साउदी प्रो प्रिमियर लिगको उपाधि ९ पटक जितेको छ । क्लबले रोनाल्डो भित्राएसँगै अर्को घरेलु लिग उपाधि र पहिलो एएफसी एसियन च्याम्पियन्स लिग जित्ने विश्वास लिएको छ ।
रोनाल्डोले आफ्नो फुटबल करियरमा स्पोर्टिङ सीपी, रियल म्याड्रिड, जुभेन्टस र म्यानचेस्टर युनाइटेड क्लबका लागि खेलिसकेका छन् ।
रोनाल्डो अब पहिलो पटक युरोप बाहिरको क्लबमा खेल्दैछन् । अन्तराष्ट्रिय सञ्चारमाध्यमका रिपोर्टका अनुसार नासर क्लबमा रोनाल्डोको तलब प्रति वर्ष २०० मिलियन डलरसम्म हुन सक्नेछ ।
पाँच पटकको बालोन डी’ओर विजेता रोनाल्डो सबै समयका महान् र सबैभन्दा सम्मानित खेलाडी मध्ये एक मानिन्छन् ।















प्रतिक्रिया