३१ आश्विन २०८३, शनिबार

म्यानमारकी नेतृ सुकीलाई थप सात वर्ष जेल सजाय

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ पुस । म्यानमारको सैनिक सरकारप्रति बफादार अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई थप सात वर्षकोे जेल सजाय सुनाएको छ ।

यससँगै गैरकानुनी रूपमा वाकी–टकी आयात गरेको, कोभिड–१९ को नियम उल्लंघन गरेको र आधिकारिक गोपनीयता ऐनको उल्लंघन गरेको अभियोगमा दोषी ठहर गरिएकी उनलाई सबै गरी ३३ वर्षको जेल सजाय तोकिएको छ ।

सन् २०२१ को फेबु्रअरीमा भएको ‘कू’ पछि ७७ वर्षीय नोबेल पुरस्कार विजेता सुकीलाई हिरासतमा राख्दै आएको छ । यसले म्यानमारको छोटो लोकतान्त्रिक प्रयोगको अन्त्य गरेको भन्दै म्यानमारमा अहिले पनि व्यापक विरोध प्रदर्शन भइरहेको छ ।