
बेइजिङ, १५ पुस । चीनको परराष्ट्रमन्त्रीमा अमेरिकाका लागि चीनका राजदूत छिन कङ नियुक्त भएका छन् ।
राष्ट्रपति सी चिनफिङका विश्वासपात्र छिनलाई नयाँ परराष्ट्रमन्त्रीमा नियुक्त गरिएको चाइन रेडियो इन्टरनेशनल (सीआरआई)लाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
चिनियाँ विदेश मन्त्रालयमा कुशल कूटनीतिज्ञको परिचय बनाउनुभएका नवनियुक्त विदेशमन्त्री छिनले विदेश मन्त्रालयको प्रवक्ताका साथै बेलाइतका लागि चीनको राजदूत भएर सेवा गरिसकेका छन् ।
उनले राष्ट्रपति सीको शिष्टाचार अधिकृतका रूपमा पनि काम गरेका छन् ।















प्रतिक्रिया