
काठमाडौं, १५ पुस । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो तारिफ भन्दा धेरै खबरदारी गर्न अनुरोध गरेका छन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै मन्त्री लामिछानेले तारिफ गर्न कञ्जुस्याईँ गरे हुने तर खबरदारी दिल खोलेर गर्न आग्रह गरेका हुन् ।
मन्त्री लामिछानेले जीवन पाउनु र गुमाउनुको बेहिसाब बहीखाता भएको भन्दै इमान्दारीता भने कहिलै नगुमाउने उल्लेख गरेका छन् ।
‘जीवन पाउनु र गुमाउनुको बेहिसाब बहीखाता हो जस्तो लाग्छ र बाल्यकाल देखि आजसम्म मैले आफ्ना तर्फबाट नगुमाएको र कहिल्यै नगुमाउने प्रतीज्ञा गरेको एउटै चिज इमानदारी हो। सम्पुर्ण माध्यमबाट प्राप्त बधाई शुभकामनाहरुका लागि यहिँ बाट धन्यवाद टक्राएको छु,’ उनले लेखेका छन् ।
लामिछानेले भेटघाट, फूलमाला, खादाको शिलशिला रोकेर काम गर्नुपर्ने बेला आएको बताएका छन् ।
‘हाम्रो कामको तारिफ गर्न कन्जुस्याइँ गरे हुन्छ तर खबरदारी चाहिँ दिल खोलेर गरिदिनु होला। जीवनमा आलोचक साथीहरू छन् र त सुखद यात्राहरु सम्भव भए। अबको यात्रामा पनि यसैगरी सघाउनु होला,’ मन्त्री लामिछानेले फेसबुकमा लेखेका छन् ।















प्रतिक्रिया