१ कार्तिक २०८३, आइतबार

हिरावेन मोदीको निधनप्रति एमाले अध्यक्ष ओलीद्वारा दु:ख व्यक्त

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ पुस । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक परेकोमा दु:ख व्यक्त गरेका छन् ।

आफ्नो मित्र मोदीकी ममतामयी माता हिरावेन मोदीको निधनले आफू दु:खित भएको उल्लेख गर्दै अध्यक्ष ओलीले दिवंगत माताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।

साथै, उनले मातृशोकमा परेका प्रधानमन्त्री मोदीलगायत परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

नरेन्द्र मोदीकी आमा आमा हीरावेन मोदीको १०० वर्षको उमेरमा आज शुक्रबार निधन भएको हो । स्वास्थ्य अवस्थामा समस्या आएपछि गत बुधबार उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

स्वास्थ्य जटिलता कारण आज उनको निधन भएको अस्पतालले जनाएको छ । यस वर्षको १८ जुनमा प्रधानमन्त्री मोदीले आफ्नी आमाको १००औं जन्मदिन मनाएका थिए ।

हीरावेन गान्धीनगर सहर नजिकैको रायसान गाउँमा प्रधानमन्त्री मोदीका भाइ पंकज मोदीसँग बस्दै आएकी थिइन् ।