१ कार्तिक २०८३, आइतबार

साँखुमा माधव नारायण मेलाको तयारी तीव्र, व्रतालुलाई गाडीको व्यवस्था (भिडिओ)

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ पुस । काठमाडौंको साँंखुमा लाग्ने एकमहिने श्री स्वस्थानी व्रत कथा तथा शालिनदी मेलाको तयारी तीव्र रूपमा पारिएको छ ।

माधव नारायण स्वस्थानी व्रत तथा सालिनदी सुधार समितिले शुक्रबार साँंखुमा पत्रकार सम्मेलन गर्दै प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म लाग्ने मेलाको तयारी तीव्र रूपमा भइरहेको जानकारी गराएको हो ।

यो वर्ष पौस २२ गतेदेखि माघ २२ गतेसम्म मेला लाग्दै छ । माधव नारायण स्वस्थानी व्रत तथा सालिनदी सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले व्रतालु व्यवस्थापन सम्बन्धमा व्रत बस्न साँखु आउने व्रतालुहरूको सेवाका लागि सबैभन्दा पहिले लगत सङ्कलनका लागि नाम दर्ता एवम् स्थान व्यवस्थापन गरिने, व्रतालुहरूलाई साँखुबाट बाहिर परदेश (पशुपति, फर्पिङ, पनौती र चाँगुनारायण स्थान) लाने क्रममा आवश्यक सरसामान ओसार्नका लागि गाडीको व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

एक महिने मेलामा ३० देखि ३५ लाख धार्मिक पर्यटकहरू आउने उनको भनाइ छ ।

भक्तजनहरूको सेवा सुविधालाई दृष्टिगत गर्दै सार्वजनिक यातायातको सम्बन्धमा शालिनदी यातायात प्रालि बाबा गोकर्णेश्वर प्रालिद्वारा सञ्चालित बसहरू जस्तोसुकै अवस्थामा समेत सेवा दिन तयार रहेको र अपुग भएको खण्डमा थप बसहरू थप गरिने समितिले जनाएको छ ।

साथै सामुदायिक प्रहरी सेवा केन्द्र तथा महानगरीय प्रहरी प्रभाग साँखुअन्तर्गत विशेष प्रहरी टोली परिचालन गर्ने निर्णय गरिएको जानकारी पत्रकार सम्मेलनमार्फत दिइएको छ ।