१ कार्तिक २०८३, आइतबार

‘एमडीएमएस’ तत्काल कार्यान्वयनमा नआउने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ पुस । नेपाल दूरसञ्चार प्राधिकरणले अवैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) तत्काल लागू नगर्ने भएको छ ।

प्राधिकरणले आजदेखि उक्त सिष्टम लागू गर्ने तयारी गरेको थियो । चौतर्फी रुपमा उक्त निर्णयको विरोध भएपछि सरकारले तत्कालका लागि एमडीएमएस लागू नगर्ने भएको हो ।

वैदेशिक रोजगारीमा रहेका नागरिक र सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेललाई तत्काल उक्त निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीको निर्देशन लगत्तै प्राधिकरणले पनि उक्त निर्णय तत्कालका लागि स्थगन भएको र विदेशबाट आउनेले थप एउटा मोबाइल ल्याउन पाउने व्यवस्था कायमै रहेको जनाएको छ ।