३१ आश्विन २०८३, शनिबार

भारतीय समकक्षी मोदीले प्रधानमन्त्री प्रचण्डलाई पठाए बधाई पत्र

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ पुस । भारतीतय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बधाई पत्र पठाएका छन् ।

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै सामाजिक सञ्जालमार्फत बधाई दिएका भएपनि उनले फेरि आधिकारीक रुपमै पत्रमार्फत बधाई दिएका हुन् ।

नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले मोदीले पठाएको बधाई पत्र प्रचण्डलाई हस्तान्तरण गरेका थिए ।

भेटका क्रममा प्रधानमन्त्री प्रचण्ड र राजदूत श्रीवास्तवबीच दुई देशको सम्बन्ध लगायतका विषयमा छलफलसमेत भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।