३१ आश्विन २०८३, शनिबार

भारतीय क्रिकेटर ऋषभ पन्त सडक दुर्घटनामा गम्भीर घाइते

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ पुस । भारतीय क्रिकेटर ऋषभ पन्त सडक दुर्घटनामा परी गम्भीर घाइते भएका छन् ।

उनी आज बिहान दिल्लीबाट रुड्कीस्थित आफ्नो घर जाँदै गर्दा कार अनियन्त्रित हुँदा डिभाइडरमा ठोक्किएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

डिभाइडर ठोक्किएपछि कारमा आगलागी हुँदा कार पूर्णरुपमा जलेर नष्ट भएको छ ।

पन्त गाडीको विन्डशिल्ड तोडेर बाहिर निस्कन सकेका थिए । पन्तलाई रुड्कीको स्थानीय अस्पतालमा भर्ना गरिएको थियो तर अहिले उनलाई म्याक्स देहरादुन रिफर गरिएको बताइएको छ ।

उनलाई थप उपचारको लागि एयर एम्बुलेन्सबाट दिल्ली लैजाने तयारी गरिएको छ ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले सडक दुर्घटनामा परी घाइते भएका पन्तको स्वास्थ्य अवस्थाबारे उच्च अधिकारीसँग जानकारी लिएका छन् ।

मुख्यमन्त्री धामीले पन्तको स्वास्थ्यलाभको कामना गर्दै उनको उपचारको सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने बताएका छन् ।