३० कार्तिक २०८३, सोमबार

काठमाडौंमा गुडिरहेको टेम्पोमा आगलागी

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ पुस । काठमाडौंमा शुक्रबार बिहान गुडिरहेको एक टेम्पोमा अचानक आगलागी भएको छ ।

मुलपानीका ६२ वर्षीय राजेन्द्र बस्नेतको बा १ ह ३९६७ नम्बरको टेम्पोमा आज बिहान एक्कासी आगलागी भएको हो ।

आगो लाग्नुको कारण एकिक नभए पनि तार सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

स्थानीय र नेपाल प्रहरीको सहयोगमा दमकलले आगो निभाइएको थियो ।