३० कार्तिक २०८३, सोमबार

हेटौंडास्थित भाटभटेनी सुपरमार्केटलाई दुई लाख ५० हजार जरिवाना

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, १५ पुस । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडास्थित भाटभटेनी सुपरमार्केटलाई दुई लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

भाटभटेनीले बिलबिजकमा गलत विवरण समावेश गरी उपभोक्ता ठगी गरेको, उत्पादन तथा उपभोग्य मूल्य र मिति उल्लेख नगरेको एवं चिनी तथा नुन पुनःप्याकिङ गरेको पाइएपछि कारवाही गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरिदत्त कँडेलको नेतृत्वमा खटिएको टोलीले सुपर मार्केटको अनुगमनमा गर्दा उक्त तथ्य फेला परेपछि जरिवाना गरेको हो । अनुगमन टोलीले भाटभटेनी सुपर मार्केटबाट बरामद गरेको खाद्यवस्तु बिक्रीवितरणमा रोक लगाएको कार्यालयले जनाएको छ ।