
काठमाडौं, १४ पुस । सत्ता गठबन्धनको बैठक बस्ने भएको छ ।
बिहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा शक्ति बाँडफाँड र सरकारको साझा रणनीतिबारे छलफल हुने बताइएको छ ।
बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, मन्त्री तथा प्रदेश सरकारलगायत बाँकी पद बाँडफाँडको विषयमा छलफल हुने बताइएको छ ।
राष्ट्रपति र सभामुख नेकपा एमालेले लिने यसअघि अनौपचारिक सहमति भइसकेको छ ।
नेकपा एमाले लगाएत ७ वटा राजनीतिक दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन भए पनि अरु पदको भागबन्डा टुंगिएको छैन् ।












प्रतिक्रिया