३० कार्तिक २०८३, सोमबार

कोरोना संक्रमणबाट सतर्क रहन मकवानपुर प्रशासनको आग्रह

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागमती, १४ पुस । जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौंडाले छिमेकी देशमा कोरोनाको नयाँ भेरियन्ट देखा परेकाले त्यसबाट सुरक्षित रहनका लागि जिल्लावासीलाई स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ ।

मकवानपुका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेद्वारा जारी प्रेस विज्ञप्तिमा कोरोना संक्रमण नेपालमा कम हुँदै गए पनि छिमेकी देशमा कोरोनाको नयाँ भेरियन्ट देखा परेकाले त्यसको असर नेपालमा समेत पर्नसक्ने भएकाले स्वास्थ्यका सबै मापदण्ड पूर्णरूपमा पालना गर्न आग्रह गरिएको छ ।

अहिले भीडभाड हुने स्थानमा नजाने, सार्वजनिकस्थलमा जाँदा अनिवार्यरूपमा मास्क लगाउने, एक अर्काबीच भौतिक दूरी कायम गर्ने, स्यानिटाइजर प्रयोग गर्ने र गराउने तथा अन्य स्वास्थ्य मापदण्डको पालना गर्ने र गराउने विज्ञप्तिमार्फत आग्रह गरिएको छ । साथै कोरोना सङ्क्रमणविरुद्धको बुस्टर डोजको मात्रा लगाउन छुटेकाले नजिकको स्वास्थ्य संस्थामा गएर लगाउनसमेत प्रमुख जिल्ला अधिकारी पाण्डेले आग्रह गरेका छन् । रासस