३० कार्तिक २०८३, सोमबार

कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेता छान्न मतदान सुरु

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १३ पुस । नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेता छान्न हेटौंडा-१० स्थित संसदीय दलको कार्यालयमा मतदान सुरु भएको छ ।

मतदान दिउँसो २ बजेबाट सुरु हुने भनिए पनि सवा घण्टा ढिला सुरु भएको हो ।

दलको नेताका लागि कांग्रेस केन्द्रीय सदस्य बहादुर सिं लामा र  बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

निर्वाचनमा कांग्रेसबाट निर्वाचित ३७ प्रदेशसभा सदस्यहरुले मतदान गर्नेछन् ।

मतदान समाप्त भए पश्चात आजै मतगणना र मतपरिणाम सार्वजनिक गर्ने कार्यक्रम रहेको कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता निर्वाचन समितिले जनाएको छ ।