३० कार्तिक २०८३, सोमबार

गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य बस्यालले आज शपथ लिँदै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की, १३ पुस । गण्डकी प्रदेशसभाका ज्येष्ठ प्रदेश सदस्य मित्रलाल बस्यालले आज शपथ लिँदै छन् ।

पर्वत जिल्ला निर्वाचन क्षेत्र नं १ को (१) बाट निर्वाचित बस्याललाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शपथ गराउने कार्यक्रम तय भएको छ ।

संविधान अनुसार प्रदेश प्रमुखले जेष्ठ सांसदलाई शपथ गराउने र जेष्ठ सदस्यले प्रदेश सदस्यहरुलाई शपथ गराउने व्यवस्था छ ।

यसैगरी प्रदेशसभाका ५९ प्रदेश सदस्यलाई बिहीबार प्रदेशसभा भवनमा शपथ गराउने कार्यक्रम रहेको छ ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका ८, राप्रपाका २ र नेकपा एकीकृत समाजवादीका एक जना प्रदेश सदस्य रहेका छन् ।