
काठमाडौं, १२ पुस । विश्व प्रसिद्ध ‘स्मिरनफ’ भोड्का नेपाल मै उत्पादन हुने भएको छ ।
‘स्मिरनफ’ हालसालै एक कार्यक्रममाझ नेपालको अग्रणी पेय उत्पादक, नेपाल लिकर्स प्रालिद्वारा सार्वजनिक गरिएको छ ।
कम्पनीका अध्यक्ष राजेशवीर सिंह तुलाधरका अनुसार तीन पटक डिस्टिल र दश पटक फिल्टर गरिएको भोड्का विराटनगरस्थित कारखानाबाट उत्पादन सुरु भएर बजारीकरण हुँदै छ ।
स्मिरनफ नेपालका लागि ब्राण्ड एम्ब्यासडरको भूमिकामा सुरज सिंह ठकुरी छन् ।
नेपाल लिकर्सले आफ्नो स्वामित्वमा विभिन्न पेयहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ ।
विश्वका करिब १३० भन्दा बढी राष्ट्रहरूमा बिक्री हुने स्मिरनफ भोड्का नेपालमा ७५०, ३७५, र १८० मिलिलिटर क्रमश २ हजार २००, १ हजार १०० र ५५० रुपैयाँ मूल्यमा उपलब्ध छ ।















प्रतिक्रिया