
काठमाडौं, १२ पुस । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता दिनानाथ शर्माले मंसिर ४ को निर्वाचनले दिएको जनादेशको मर्मअनुसार नै एमाले र माओवादीबीच सहकार्य भएको बताएका छन् ।
आज मंगलबार काठमाडौंमा आयोजित साक्षात्कारमा उनले आफूहरूले कांग्रेसलाई धोका नदिएको जिकिर गर्दै कम्युनिष्टहरुबीचको आपससी सहकार्यबाट मुलुकको विकास र समृृद्धि अघि बढ्ने विश्वास व्यक्त गरे ।
उनले भने, ‘हामी माओदीले कांग्रेसलाई धोका दिएका छैनौँ । हामीले त राम्रो बनाउन मद्दत गरेका छौँ । कांग्रेसलाई ठूलो पार्टी बनाएका छौँ । शक्तिशाली बनायौँ । तर, अलिकति ठूलो हुँदैमा उन्माद चढिहाल्यो ।’















प्रतिक्रिया