
काठमाडौं, ११ पुस । नेकपा एमालेका महासचिव एवम् लुम्बिनी प्रदेशका संस्थापम मुख्यमन्त्री शंकर पोखरेलले पार्टीको परराष्ट्र मामला विभागको भूमिका अहिलेको सन्दर्भमा थप बढेको बताएका छन् ।
परराष्ट्र मामला विभागको आज बसेको चौथो पूर्ण बैठकलाई निर्देशन दिँदै उनले पार्टीको सन्तुलित विदेश नीतिअन्तर्गत स्वतन्त्रता र सार्भभौमिकतालाई जोगाउँदै छिमेकी देशहरूसँग राम्रो र भरपर्दो सम्बन्ध कायम गर्नुपर्ने बेला आएको बताएका हुन् ।
पोखरेलले पार्टीका धारणाहरू अन्तर्राष्ट्रिय समुदायका बीचममा पुर्याउने कुराहरू मात्र नभइ संसारका थुप्रै प्रतिस्पर्धी पार्टीहरुका राम्रा र सफल अनुभवहरूको आदानप्रदान गर्नुपर्नेमा पनि जोड दिएका छन् ।
बैठकमा विभागका प्रमुख राजन भट्टराईले विभागलाई प्राप्त निर्देशन अनुसार पार्टीको विदेश नीतिसम्बन्धी आधारभूत कुराहरूलाई ध्यानमा राखेर विभागले आफ्नो कार्ययोजना बनाएको जानकारी दिँदै कार्यान्वयनको प्रतिबद्धता व्यक्त गरे ।















प्रतिक्रिया