१ कार्तिक २०८३, आइतबार

सरकारको प्राथमिकता सुशासन, सेवा प्रवाह, आर्थिक शङ्कट समाधान र विकास निर्माण : प्रधानमन्त्री दाहाल

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पदभार ग्रहणका क्रममा ।

काठमाडौं, ११ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुग्दा प्रधानमन्त्री दाहाललाई मुख्यसचिव शङ्करदास बैरागी र सचिव एवम् कर्मचारीले स्वागत गरेका थिए ।

पदभार ग्रहण गर्दै प्रधानमन्त्री दाहालले सुशासन, सेवा प्रवाह र विकास निर्माणका काममा प्रभावकारिता अभिवृद्धि गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सुदृढीकरणसम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छन् ।

पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले मुलुकमा सुशासनका साथै आर्थिक शङ्कट समाधानका लागि ध्यान केन्द्रीत गर्ने बताएका छन् । उनले थुप्रै जटिलता र चुनौतीहरू भए पनि जनतामा आशा र भरोसा बढेको धारणा व्यक्त गरे ।

राहदानी र लाइसेन्स लिने क्रममा देखिएको लामो लाइनलाई नियन्त्रण गर्न र हटाउने विषयमा पनि काम गर्ने उनले बताएका छन् ।