१ कार्तिक २०८३, आइतबार

सुशासन कायम भए मात्रै भ्रष्टाचार अन्त्य गर्न र समृद्धिको बाटोमा जान सकिन्छ : उपप्रधानमन्त्री

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ पुस । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा सुशासन कायम गरेर समृद्धिमा अघि बढ्नुपर्ने बताएका छन् ।

सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले यसअघि भएका कमी कमजोरीहरुलाई सच्याउँदै मुलुकमा सुशासन कायम गरेर समृद्धिको बाटोमा लाग्नुपर्ने बताएका हुन् ।

उनले मुलुकमा सुशासन कायम गर्न सकेमात्रै भ्रष्टाचारको अन्त्य हुने धारणा व्यक्त गरेका छन् । जनताले संविधान नियम र कानून अनुसार हुने काम भनसुन र घुस नखुवाई हुने अवस्था सृजना गर्नुपर्ने पनि बताए ।

मन्त्री श्रेष्ठले उपप्रधानमन्त्री बन्न मात्रै सरकारमा नआएको भन्दै काम गर्न आएको स्पष्ट पारेका द्धन् । पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न विधेयकलाई अन्तिम रुप दिनका लागि कार्यदल गठन गर्ने सम्बन्धमा निर्णय गरेका छन् ।