३१ आश्विन २०८३, शनिबार

प्रधानमन्त्री प्रचण्डले पहिलोपटक दौरा–सुरुवाल लगाएर सपथ लिए

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ पुस । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलोपटक राष्ट्रिय पोशाक दौरा–सुरुवाल लगाएर सपथ ग्रहण गरेका छन् ।

यसअघि दुई पटक प्रधानमन्त्री बनिसकेका दाहालले सर्ट, कोट–पाइन्ट, टोपी र टाइ लगाएर पद तथा गोपनीयताको सपथ ग्रहण गरेका थिए । तर, यसपटक उनले दौरा–सुरुवाल लगाएर सपथ ग्रहण गरेका हुन् ।

प्रचण्ड यसअघि २०६५ र २०७३ सालमा प्रधानमन्त्री बनेका थिए । प्रधानमन्त्री हुँदा मात्र होइन दाहाल अन्य सार्वजनिक कुनै पनि कार्यक्रममा दौरा–सुरुवालमा कहिल्यै देखिएका थिएनन् ।