१ कार्तिक २०८३, आइतबार

मेगा बैंकको कामु सीईओमा तुल्सीराम पोखरेल नियुक्त, रविना देशराजको स–सम्मान विदाई

3.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ पुस । मेगा बैंक नेपाल लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तुल्सीराम पोखरेल नियुक्त भएका छन् ।

मेगा बैंक सञ्चालक समितिले २०७९ पुस ९ गतेदेखि लागू हुने गरी पोखरेललाई बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) नियुक्त गरेको हो ।

विगत २७ वर्षदेखि नेपालको बैंकिङ सेवामा समर्पित पोखरेल मेगा बैंकको परिकल्पनाकार र १४ जना संस्थापकमध्येका हुन् । बैंक सञ्चालनमा आउनुअघि नै पोखरेलले २०६७ साल वैशाख १ गतेदेखि पूर्वसञ्चालन अवस्थाको कार्यकारी प्रमुख बनेर प्रस्तावित बैंकको दर्ता, लाइसेन्स लिने तथा बैंकका लागि आवश्यक पूर्वाधार तयार पार्ने कामको नेतृत्व गर्दै मेगा बैंकमा सेवा प्रारम्भ गरेका थिए ।

पोखरेल मेगा बैंकको सहायक महाप्रबन्धक, नायब महाप्रबन्धक, वरिष्ठ नायब महाप्रबन्धक हुँदै कामु सीईओ बनेका हुन् । स्थापनाकालदेखि नै बैंकको उच्च व्यवस्थापनमा रही विभिन्न विभागहरूको विभागीय जिम्मेवारी बहन गर्नाका साथै कम्पनी सचिवको जिम्मेवारी समेत निर्वाह गरेका थिए ।

नवदुर्गा फाइनान्सको सहायक प्रबन्धकको रूपमा करिब तीन दशक अघि करिअर सुरु गरेर नायब प्रमुख कार्यकारी अधिकृत बनेका पोखरेल मेगा बैंकमा आबद्ध हुनुअघि फ्रुडेन्सियल फाइनान्स कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत समेत थिए ।

यसैगरी, मेगा बैंकबाट स्वेच्छिक अवकाश लिएकी कायममुकायम प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठलाई मेगा बैंक सञ्चालक समितिले धन्यवाद दिएको छ ।

श्रेष्ठको सम्मानस्वरूप आयोजना गरिएको बिदाई कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह तथा सञ्चालक समितिका सदस्यहरूले मेगा बैंक नेपाल लिमिटेडमा १३ वर्ष भन्दा बढी अवधि सेवा गरेकी श्रेष्ठलाई बैंकको उन्नति, प्रगति तथा श्रीबृद्धिमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै विशेष धन्यवाद दिनका साथै उनको उज्ज्वल भविष्यको कामना गरेका थिए ।