१ कार्तिक २०८३, आइतबार

बलात्कारबाट १४ वर्षीया किशोरी गर्भवती बनेपछि ठुलीउदाङका हिमाल पक्राउ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ पुस । पाल्पामा बलात्कारबाट एक १४ वर्षीया किशोरी गर्भवती बनेकी छिन् ।

किशोरी बलात्कार आरोपमा प्रहरीले तिनाउ गाउँपालिका–१ ठुलीउदाङ बस्ने २१ वर्षीय हिमाल सोमरेलाई आइतबार दिउँसो पक्राउ गरेको छ ।

प्रहरीका अनुसार हिमालले ती किशोरीलाई गत असार ३ गते जबरजस्ती करणी गरेका थिए । करणीबाट ती किशोरी गर्भवती समेत भएको भन्ने उजुरी प्रहरीकोमा प्राप्त भएपछि तत्काल हिमाल पक्राउ परेका हुन् ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी चौकी दोभानले जनाएको छ ।