
काठमाडा, ११ पुस । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले भेटेरै बधाई दिएका छन् ।
आज बिहान पत्नी हिसिला यमीसँगै खुमलटार पुगेर डा. भट्टराईले प्रचण्डलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका हुन् ।
सामाजिक सञ्जालमा बधाई दिँदै गरेको तस्वीर राख्दै भट्टराईले प्रचण्डसँग सहकार्यको प्रस्ताव अघि सारेका छन् ।
ट्वीटरमा लेख्दै बाबुरामले भनेका छन्ः
क.प्रचण्ड तेश्रो कार्यकालकानिम्ति देशको प्रधानमन्त्री बन्नुभएकोमा हार्दिक बधाइ तथा पूर्ण सफलताको शुभकामना ! क्रान्तिको बाटो बांगोटिंगो र अनिश्चयले भरिपूर्ण भएकाले जीवनको अन्तिम कालखण्डमा हामीले सम्पन्न गरेको जनक्रान्तिका उपलब्धीहरू संस्थागत गर्दै देशलाई समृद्ध बनाउन सहकार्य गरौं !












प्रतिक्रिया