१ कार्तिक २०८३, आइतबार

एमाले सचिवालय बैठकको स्पिरिट अनुसार अध्यक्ष ओलीले परिणाम निकाल्नुभयो : योगेश भट्टराई

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । नेकपा एमालेका सचिव एवम् पूर्वमन्त्री योगेश भट्टराईले एमाले केन्द्रीय सचिवालय बैठकको मुल स्पिरिट अनुसार पार्टी अध्यक्ष ओलीले परिणाम निकालेको बताएका छन् ।

एमालेको पहल र समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भएपछि भट्टराई यस्तो टिप्पणी गरेका हुन् ।

उनले आइतबार ट्विट गर्दै लेखेका छन्, ‘२०७९ पुस ७ गते बिहान भएको नेकपा एमाले केन्द्रीय सचिवालयको बैठकको मुल स्पिरिट यहि थियो, जसलाई अध्यक्ष कमरेड केपी ओलीले कुशलतापूर्वक नेतृत्व गर्नु भयो परिणाम आयो ।’

उनले चुनाव गराउने दलको बहुमत नआउनु र ठूलो दलले आवश्यक र प्रभावकारी पहलकदमी नलिनुले एमाले अगगाडि बढ्न परेको भन्दै उनले अगाडि लेखेका छन्, ‘चुनाव गराउनेको बहुमत नआउनु भनेको नयाँ विकल्पमा जाने जनादेश हो, संसदीय लोकतन्त्र भएका मुलुकमा यसलाई स्वाभाविक मान्नुपर्छ ।’