३१ आश्विन २०८३, शनिबार

नेपाल टी–ट्वान्टी लिग : लुम्बिनी अल स्टारद्वारा सुपर किङ्स ३ रनले पराजित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । नेपाल टी–ट्वान्टी लिग अन्तर्गत आइतबार भएको खेलमा लुम्बिनी अल स्टार विजयी भएको छ ।

टियु क्रिकेट मैदानमा लुम्बिनीले बिराटनगर सुपर किंग्स्लाई ३ रनले पराजित गरेको हो । लुम्बिनीले दिएको १ सय ५८ रनको लक्ष्य पाएको बिराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन मात्र बनायो ।

बिराटनगरका लागि हुसेन तलातले सर्वाधिक २९ रन बनाए । यस्तै रोहित कुमार पौडेलले २५ रन, सिकन्दर राजा १७ रन र अर्जुन साउद १० रनमा आउट भए । पृथु बास्कोटाले १८ रन बनाए । यता लुम्बिनीका लागि किशोर महतोले २ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५७ रन बनायो ।

दोस्रो खेलमा जित हात पारेको लुम्बिनी ४ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । हारसँगै पहिलो खेल खेलेको विराटनगर अंक बिहिन रहेर अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।

डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौथोले ५ लाख पाउने छ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।