
काठमाडौं, ९ पुस । पहिलो संस्करणको नेपाल टी-ट्वान्टी क्रिकेट लिग प्रतियोगिता आज शनिबारबाट सुरु हुँदैछ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको प्रतियोगिता अन्तर्गत आज शनिबार दुई खेल हुनेछ ।
क्यानका अुसार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उद्घाटन खेल काठमाडौं नाइट र पोखरा एभेन्जर्सबीच हुनेछ । खेल बिहान ९ः१५ बजेबाट सुरु हुनेछ ।
यसैगरी, आजै हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार र फार वेस्ट युनाईटेडबीचको खेल दिउँसो १ः१५ बजेबाट सुरु हुनेछ ।
प्रतियोगितामा काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाइटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार गरी ६ टोली रहेका छन् ।















प्रतिक्रिया