
काठमाडौं, ८ पुस । प्रतिनिधिसभाका नवनिर्वाचित सांसद महेन्द्र राय यादवले आज शुक्रबार पद तथा गोपनियताको शपथ लिने भएका छन् । उमेरसम्बन्धी प्राविधिक कारणबाट बिहीबार शपथ लिन नसकेपछि उनलाई संसद् सचिवालयले शुक्रबार शपथ गराउन लागेको हो ।
यादवलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले शुक्रबार बिहान सिंहदरबारस्थित संसद् सचिवालयमा शपथ गराउने छन् । सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई बिहीबार शपथ गराएको थियो ।
नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा बिहीबार आयोजित समारोहमा दुई सय ७० सांसद्ले ज्येष्ठ सदस्य राणाबाट पद तथा गोपनियताको शपथ लिएका थिए ।
यादवसँगै सांसद प्रेमबहादुर आले, माया राई र रामकुमार राई शपथ शपथ लिन अनुपस्थित रहेका थिए । आले पारिवारिक शोकमा र राई सुत्केरी भई अस्पतालमा छन् । खोटाङबाट निर्वाचित सांसद रामकुमार राई हवाईजहाज छुटेकाले शपथ ग्रहण समारोहमा सहभागी हुन नसकेको संसद् सचिवालयले जनाएको छ ।












प्रतिक्रिया