१ मंसिर २०८३, मंगलबार

पब्लिक लिमिटेड कम्पनीमा जाने अन्तिम तयारीमा क्लासिक टेक

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ पुस । नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालि अब पब्लिक लिमिटेड कम्पनीमा जाने अन्तिम तयारी गरिरहेको छ ।

कम्पनीका अनुसार पब्लिक लिमिटेड कम्पनीमा जानका लागि आवश्यक प्रक्रियाहरू अन्तिम चरणमा पुगेको छ ।

कम्पनी पब्लिक लिमिटेडमा रुपान्तरण भएपछि सर्व साधारणहरुका लागि सेयर (आईपीओ) जारी गर्नेछ ।

क्लासिक टेक सन् २००९ मा स्थापना भएको कम्पनी हो । हाल सम्म ७४ जिल्लाका १०६ आउटलेट तथा शाखा बाट इन्टरनेट तथा इन्ट्रानेट सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीले अन्य विभिन्न स्थानहरूमा आफ्नो सेवा विस्तार गर्ने र उचित मूल्यमा उच्च गतिको सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ ।

क्लासिक टेकले नेपालभर रहेका शाखा कार्यालयमा २ हजारभन्दा बढी व्यक्तिलाई प्रतक्ष्य तथा अप्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ ।