१ मंसिर २०८३, मंगलबार

कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ पु्स । नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् ।

देउवा भारी मतान्तरका साथ पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएका हुन् । देउवाले ६४ भोट पाउँदा महामन्त्री गगन थापाले २५ भोट मात्रै पाएका छन् । निर्वाचनमा कांग्रेसका सबै ८९ जना सांसदहरुले मतदान गरेका थिए ।

देउवालाई संसदीय दलको निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह विमलेन्द्र निधि र शशाङ्क कोइरालाले साथ दिएका थिए भने महामन्त्री थापालाई उपसभापति धनराज गुरुङ, अर्का महामन्त्री विश्वप्रकाश शर्मासँगै, कांग्रेस नेताहरु शेखर कोइराला, प्रदीप पौडेलले समर्थन जनाएका थिए ।