
मकवानपुर, ६ पुस । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको मनहरी गाउँपालिका-९ खरङगामा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
बुधबार बिहान झापाबाट पोखरातर्फ जाँदै गरेको लु२ख ४६०७ नम्बरको बसले भोजपुरको भोजपुर नगरपालिका-७ कोदार बस्ने ४५ वर्षीया सिता मिजारलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मिजार काकडभिट्टाबाट स्याङजातर्फ जाँदै गरेको ना५ख ६१०३ नम्बरको बसमा सवार भई आएकोमा मनहरीमा चिया पिउन रोकिएको अवस्थामा बसबाट ओर्लिएर बाटो काट्ने गर्ने क्रममा उनलाई लु२ख ४६०७ नम्बरको बसले ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते भएकी मिजारको हेटौंडाको चुरेहिल अस्पतालमा उपचारको क्रममा बिहान ७ः२० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीेले जानकारी दिए ।
मिजारको शव अस्पतालमा रहेको छ । ठक्कर दिने बस र चालक रुपन्देही बुटबल उपमहानगरका-११ बस्ने ४० वर्षीय सिमबहादुर पल्लि मगर प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया