
काठमाडौं, ५ पुस । नेपाली कांग्रेस संसदीय दल नेता चयनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ ।
कांग्रेस सहमहामन्त्री भिष्मराज आङ्देम्बे नेतृत्वको निर्वाचन समितिले जारी गरेको कार्यतालिका अनुसार आज उमेदवारी दर्ता र भोलि मतदान हुँदै छ ।
कार्यतालिका अनुसार उम्मेदवारी दर्ताको समय आज बिहान ८ बजेदेखि १० बजेसम्म रहेको छ भने उम्मेदवारको प्रथम नामावली प्रकाशन बिहान १०ः३० बजे हुने छ ।

कार्यतालिका अनुसार उम्मेदवारको दाबी विरोधको समय बिहान ११ बजेदेखि ११ः३० बजेसम्म रहेको छ ।
यसैगरी, उम्मेदवारले नाम फिर्ता लिन चाहेमा दिउँसो १२ः३० देखि २ः३० बजेसम्म रहेको छ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन दिउँसो ३ बजे हुने कार्यतालिका रहेको छ ।
कांग्रेसको संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा र नेता शेखर कोइरालाले उम्मेदवारी दिने तयारी गरेका छन् ।
कांग्रेस संसदीय दलको निर्वाचनमा कांग्रेसका ८९ सांसदहरुले भाग लिन पाउनेछन् ।












प्रतिक्रिया