
काठमाडौं, ५ पुस । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा विहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।
महाशाखाले हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराईका थोरै भू-भागमा हुसु/कुहिरो रहेको जनाएको छ ।
महाशाखाले आज देशको पहाडी भेगका केही क्षेत्रमा वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार यस्तो छ आजको मौसमः
२०७९ पुस ५ गते (मंगलबार)
दिउँसोː प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।
रातीː प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श:
प्रदेश १ का पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको तथा तराईका केही भू-भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने र देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जानेसम्भावना रहेको हुनाले आवश्यक सावधानी अपनाउनु हुन अनुरोध छ ।












प्रतिक्रिया