१ मंसिर २०८३, मंगलबार

रास्वपाको संसदीय दलको नेतामा रवि लामिछाने चयन

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा पार्टीका सभापति रवि लामिछाने सर्वसम्मत चयन भएका छन् ।

आज बसेको पार्टीको बैठकले लामिछानेलाई सर्वसम्मत दलको नेता चयन गरेको हो ।

रास्वपाका एक नेताका अनुसार दलको उपनेता, प्रमुख सचेतक र सचेतक चयन हुन भने बाँकी रहेको छ । ती पदहरुमा नेता चयन गर्न आजै बैठक बस्ने बताइएको छ ।

बैठकमा सरकारमा जाने कि नजाने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ ।

४ मंसिरमा भएको निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ १३ गरी २० सिट जितेको छ ।