१ मंसिर २०८३, मंगलबार

बन्दुक र खुकुरी लिएर धाकधम्की दिने सोलुका दुई युवक पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोलुखुम्बु, ४ पुस । सोलुखुम्बुमा भरुवा बन्दुक र खुकुरी लिएर धाकधम्की दिँदै गरेको अवस्थामा दुई युवक पक्राउ परेका छन् । जिल्लाको माप्य दूधकोसी गाउँपालिका–२ का ३२ वर्षीय खगेन्द्र राई र सोही ठेगानाका २४ वर्षीय प्रवेश राईलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई शनिबार साँझ सोलुदूधकुण्ड नगरपालिका–१ बाट एक थान भरुवा बन्दुक र एक थान खुकुरीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सूचना अधिकारी प्रहरी निरीक्षक रामकिशोर शाहका अनुसार सोलु दूधकुण्ड नगरपालिका–१ छिर्दीस्थित निर्माणाधीन पुलको कामदारहरूलाई धाकधम्की दिँदै गरेको अवस्थामा राईद्वयलाई प्रहरीद्वारा पक्राउ गरिएको हो ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।