१ कार्तिक २०८३, शनिबार

रिजाल इजरायका लागि राजदूत नियुक्त

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले इजरायलका लागि नेपालको आवासीय राजदूत कान्ता रिजाललाई गणतन्त्र साइप्रसका लागि गैरआवासी नेपाली राजदूत नियुक्त गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम रिजाललाई गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।