
काठमाडौं, ३ पुस । नेकपा एमालेका सचिव गोकर्ण विष्टले नेकपा एमाले तत्काल सरकारमा नजाने बताएका छन् ।
बुटवलमा पत्रकारहरुसँग कुराकानी गर्दै सचिव विष्टले जनताले एमालेलाई सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने म्यान्डेट दिएकाले तत्काल सत्ताका लागि अवान्छित गतिविधी गर्ने पक्षमा एमाले नरहेको बताएका हुन् ।
कांग्रेसले सरकार गठन गर्न नसकेमा मात्रै एमाले अगाडि सर्ने विष्टले बताए । विष्टले चौतर्फी घेराबन्दी बाबजुत पनि जनताले एमालेलाई समानुपातिकमा पहिलो पार्टी बनाएको भन्दै मतदातालाई धन्यवादसमेत दिए ।
अहिलेको जनमतले देशलाई पाँच वर्ष अस्थिरतामा लैजाने देखिएको पनि विष्टले दाबी गरे ।















प्रतिक्रिया