
काठमाडौं, ३ पुस । तनहुँको आँबुखैरेनीमा सडक भासिएपछि पृथ्वी राजमार्ग अवरुद्व भएको छ ।
आइतबार बिहान आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ खानिखोलामा सडक भासिएपछि राजमार्ग अवरुद्व भएको हो । सडकको बिचमै ठूलो खाल्डो परेको छ ।
अहिले खाल्डो पुरेर राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया