
काठमाडौं, २९ मंसिर । सुन मिश्रित कपडासहित दुई जना भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
१८ मंसिरमा एयर इन्डियाको उडानद्वारा काठमाडौंबाट कलकत्ता जान लागेका भारतीय नागरिक सिराज कुन्नापिल्ले र इन्डिगो एयरबाट मुम्बई जान लागेका फैसाल कोटाकुन्डिली अबु पक्राउ परेका हुन्।
सिराजले लिएर आएको फुलबुट्टे कपडाहरु थान–५ को अन्दाजी तौल २३८० ग्राम र गलाएपछि आएको सुनको तौल ७४.७५० ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।
यसैगरी, फैसालले लिएर आएको फुलबुट्टे कपडाहरु थान–५ को अन्दाजी तौल २३८० ग्राम र गलाएपछि आएको सुनको तौल ७३.८९० ग्राम भएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरीले जनाएको छ।












प्रतिक्रिया