३० कार्तिक २०८३, सोमबार

राष्ट्रपति भण्डारी विराटनगर जाँदै, विराट एक्स्पो उद्घाटन गर्ने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारी आज मोरङको विराटनगर जाने भएकी छन् ।

मोरङ उद्योग संगठनको आयोजनामा हुने लागेको ‘विराट एक्स्पो २०७९’ उद्घाटन गर्न राष्ट्रपति विराटनगर जान लागेकी हुन् ।

विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पसमा आजबाट सुरु हुने एक्स्पोले आर्थिक एवं औद्योगिक विकासको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउने आयोजकको विश्वास छ ।

पुस ६ गतेसम्म संचालन हुने एक्स्पोमा स्वदेशी उत्पादनलाई मुख्य प्राथमिकतामा राख्दै भारत, बंगलादेश, पाकिस्तान लगायतका मुलुकको उत्पादनको प्रदर्शनी रहने आयोजकले जनाएको छ ।